मितेरी बचत तथा ऋण सहकारी अपचलन, कर्मचारी र संचालक माथि सीआइबीले थाल्यो अनुसन्धान « Arthapath.com
३० भाद्र २०८१, आईतवार

मितेरी बचत तथा ऋण सहकारी अपचलन, कर्मचारी र संचालक माथि सीआइबीले थाल्यो अनुसन्धान



काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान थालेको छ ।

उक्त सहकारीमा रकम अनियमिता भएको भन्दै सीआइबीमा निवेदन परेको थियो । उजुरी परेपछि सीआइबीले संस्थाका कर्मचारी र संचालक माथि अनुसन्धान अघि बढाएको हो ।

संस्थामा साढे १२ करोड रुपैयाँ ठगी गरेको उजुरी सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता भएको थियो । संस्थाका अध्यक्ष कुम्भराज गुरुङले महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको गत साउनमा उजुरी दर्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्