सहकारी ठगीको आरोपमा चन्द्रागिरि –१२ का वडाध्यक्ष पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त सहकारीका कोषाध्यक्ष समेत रहेका महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो ।