ज्योति विकास बैंकको नाफामा शतप्रतिशत वृद्धि, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । ज्योति विकास बैंकको नाफा शतप्रतिशत वृद्धि भएको छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
९ महिनामा बैंकले ३० करोड ६६ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा १०१.४८ प्रतिशत धेरै हो । गत अवाको सो अवधिमा बैंकले १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
तर, बैंकको खुद ब्याज आम्दानी पनि ७.१९ प्रतिशत घटेको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ५८ करोड ४१ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सो अवधिमा पनि १ अर्ब ७० करोड ६८ लाख ५९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकले ९ महिनामा ४३ करोड ७९ लाख ६१ हजार रुपैयाँ संचालन नाफा गरेको छ ।
बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ८७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ८५ करोड ३ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.३७ प्रतिशतबाट घटेर १.६६ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ९.३० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१.९० रुपैयाँ कायम भएको छ ।