थप अब्बल बन्दै आइसिएफसि फाइनान्स : झन्डै ६ गुणा बढ्यो नाफा, इपिएस कति ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

थप अब्बल बन्दै आइसिएफसि फाइनान्स : झन्डै ६ गुणा बढ्यो नाफा, इपिएस कति ?



काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको नाफा झन्डै ६ गुणा वृद्धि भएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीले १९ करोड ५० लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ४८६.३० प्रतिशत धेरै हो । गत आवको सो अवधिमा कम्पनीले ३ करोड ३२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि ८.८७ प्रतिशत वृद्धि भई ४२ करोड १२ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ४८८.७५ प्रतिशत बढेर २८ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी र संचालनमा नाफामा आएको व्यापाक सुधारले नै खुद नाफामा उछाल आएका हो । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ९ करोड १७ लाख ८१ हजार रुपैयाँ छ । यसका आधारमा कम्पनीले ७.७५ प्रतिशत मात्रै लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ ।

कम्पनीले खराब कर्जा दरमा उल्लेख्य घटाएको छ । गत आवमा ३.९१ प्रतिशत रहेको खराब कर्जा हाल घटेर २.०५ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(इपिएस) पनि २१.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७१.१३ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ कायम भएको छ । यता, जगेडा कोषमा भने ७५ करोड रुपैयाँ राखेको छ ।

हाल कम्पनीसँग १८ अर्ब ५५ करोड रुपैयाँ निक्षेप छ भने १५ अर्ब २८ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । ।


प्रतिक्रिया दिनुहोस्