झन्डै एक अर्ब लगानी गर्दै राष्ट्र बैंक « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

झन्डै एक अर्ब लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ९७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा ९७ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको सो बराबरको रकम लगानी गर्न लागेको हो । आगामी बैशाख १ गतेदेखि लागू हुनेगरी २०८३ बैशाख ७ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा ७७ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा १४ करोड ५५ लाख र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी आगामी बैशाख ३ गते ७ बजेभित्र बजेभित्र बोलकबोल पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्