राष्ट्र बैंकको कार्यकारी निर्देशकमा उप्रेती, सिग्देल र खरेलको पदोन्नती

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा तीन जनाको पदोन्नती भएको छ ।
केन्द्रिय बैंकको पदपूर्ति समितिले आइतबार चेतप्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेलको कार्यकारी निर्देशकमा बढुवा भएको हो ।
बढुवासँगै उप्रेतीलाई गैरवैंकिङ्ग वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ । खरेललाई मानव संसाधन व्यवस्थापन विभाग र सिग्देललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको जिम्मेवारी तोकिएको छ ।