खर्च घटाएपछि शिवम सिमेन्टको नाफामा एकाएक बद्लाव, कस्तो वित्तीय अवस्था ?

काठमाडौं । शिवम् सिमेन्टको नाफामा व्यापाक सुधार देखिएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
सिमेन्ट कम्पनीको नाफा गत आवको पहिलो त्रैमासमा ५ करोड ३४ लाख २० हजार रुपैयाँ ऋणात्मक थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीले १ करोड २७ लाख ९९ हजार रुपैयाँ नाफामा देखिएको छ ।
समिक्षा अवधिमा कम्पनीको आम्दानी भने १३.५९ प्रतिशत घटेर १ अर्ब ४० करोड ६३ लाख ८० हजार रुपैयाँ कायम भएको छ । यता, कम्पनीको कुल नाफामा पनि ३९.२१ प्रतिशत गिरावट आई १० करोड ३६ लाख सिमित छ । तर, कम्पनीका अन्य आम्दानी भने वृद्धि भएको छ । जसले खद नाफा नाफा बढ्न पुगेको हो ।
समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २९७.६४ प्रतिशत बढेर १० करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ । यता, कम्पनीको खर्च पनि घटेको छ । समिक्षा अवधिमा कम्पनीको कुल खर्च नै २२.८५ प्रतिशत घटेर १९ करोड ९३ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.२८ रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ कोड ७० लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा भने ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ राखेको छ ।