स्टार्टअप उद्यम कर्जाका लागि प्रारम्भिक सूचीमा परे १ हजार ३१४ वटा परियोजना (सूचीसहित) « Arthapath.com
२१ पुष २०८१, आईतवार

स्टार्टअप उद्यम कर्जाका लागि प्रारम्भिक सूचीमा परे १ हजार ३१४ वटा परियोजना (सूचीसहित)



काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि १ हजार भन्दा बढी परियोजनाहरु प्रारम्भिक सूचीमा छनोट भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जा दिनका लागि १ हजार ३१४ वटा परियोजनाको प्रारम्भिक सूचीमा प्रकाशन गरेको हो ।

सरकारले नयाँ ज्ञान, सोँच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यमा संलग्न गराउन यस्तो योजना अघि सारेको हो ।

स्टार्टअप उद्यमका लागि कुल ५ हजार १८५ जनाले आवेदन दिएका थिए । तर, यीमध्ये कुल १ हजार ३१४ वटा परियोजनाहरु मात्रै प्रारम्भिक सूचीमा परेका छन् ।

सरकारले स्टार्टअपको लागि बिनाधितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरिएको छ । ३ प्रतिशत ब्याजदरमा उद्यम कर्जा पाइनेछ । रकम परिचालनका लाग भने राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता भएको छ । कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरिएको छ । कर्जा दिनका लागि सरकारले १ अर्ब बजेट समेत विनियोजना गरिसकेको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमहरुलाई सहुलियतपूर्ण ऋण दिनका लागि गत भदौ ११ गते प्रस्ताव आव्हान गरिएको थियो ।

प्रारम्भिक सूचीमा छनोट भएका परियोजनाहरुलाई व्यवसायिक योजना प्रस्तुतीकरणको लागि आमन्त्रण गरेको छ । मिति, समय तोकेर प्रस्तुतीकरणका लागि उपस्थित हुन अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्