भारी मुल्यमा घट्याे पेट्राेलकाे मुल्य, डिजेल/मट्टितेल कति ? « Arthapath.com
२ चैत्र २०८१, शनिबार

भारी मुल्यमा घट्याे पेट्राेलकाे मुल्य, डिजेल/मट्टितेल कति ?



काठमाडाैँ । सरकारले पेट्राेलियम पदार्थकाे मुल्य घटाएकाे छ ।

नेपाल आयल निगमले पेट्राेलकाे मुल्य लिटरमै ५ रूपैयाँ घटाएकाे छ । मट्टितेल तथा डिजेलमा प्रतिलिटर ४ रूपैयाँ घटेकाे छ ।

निगमले आइतबारदेखी लागु हुनेगरी पेट्राेल तथा डिजेलकाे मुल्य घटाएकाे हाे । पेट्राेल १ सय ६५ रूपैया ५० पैसा कायम भएकाे छ । त्यस्तै डिजेल तथा मट्टितेलकाे मुल्य १ सय ५२ रूपैयाँ ५० पैसा कायम भएकाे छ ।

सरकारले खाना पकाउने ग्यासकाे मुल्य भने यथावत रहेकाे जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्