ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ३ अर्ब, लाभांश क्षमता कति ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ३ अर्ब, लाभांश क्षमता कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशत वृद्धि भएको छ । ९ महिनामै बैंकले साढे ४ अर्ब नाफा आर्जन गरेको छ ।

बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने ३७.१२ प्रतित बढी हो । गत आवको सो अवधिमा बैंकले खुद नाफा ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकले कुल १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यद्यपि, गत आवको तुलनामा भने यो ५.४६ प्रतिशत कमी हो ।

तर, बैंकको संचालन नाफामा भने ३४.४१ प्रतिशत बढोत्तरी आएको छ । योसँगै ९ महिनामा बैंकले ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ बढी संचालन नाफा गरेको छ ।

यता, बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ धनात्मक छ ।यसका आधारमा बैंकले १२.०४ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा २४ अर्ब ४५ करोड २८ लाख रुपैयाँ राखेको छ । बैंकसँग ४.९८ प्रतिशत खराब कर्जा छ । जबकि, गत आवको सोही अवधिमा भने ४.७४ प्रतिशत रहेको थियो ।

हाल बैंकको प्रतिसेयर आम्दानी १५.८६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्