उद्योग /बाणिज्य « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

उद्योग /बाणिज्य

चिनले सीमामा लगाएको अघाेसित प्रतिबन्ध हटायाे, रसुवागढी नाकाबाट सामान आउन थाल्याे

काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएको चीनसँगको नाका रसुवागढीबाट आयात शुरु भएको छ ।  बुधबारदेखि नै रसुवागढी नाकाबाट चिनको एउटा गाडीमा स्वास्थ्य सामग्री र बिहीबार पाँचवटा गाडीमा सामग्री ल्याएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।  त्यस्तै दैनिक पाँचवटा चिनियाँ ट्रकले सामग्री ल्याउने भएका छन् ।