काठमाडौं । सरकारले घरमा हतियार तथा खरखजाना राख्ने वा आफ्नो साथमा हतियार बोकेर हिँड्ने नेपालीका लागि लिने राजश्वमा भारी बृद्धि गरेको छ । गृह मन्त्रालयले आज सोमबार राजपत्रमा एक सूचना प्रकाशित गर्दै हातहतियार राख्नका लागि लिने राजश्व २५ गुणासम्म बढाएको हो । हातहतियार खरखजाना नियमावलीको दशौं संशोधन जारी गर्दै मन्त्रालयले