काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि बुधबार सम्झौता भएको छ । ९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९७ करोड रहेको छ ।