काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ‘लकडाउन’ को समयमा उपत्यकाका व्यस्त सडकमा चुहावट मर्मतको कामलाई तीव्रता दिएको छ । सामान्य अवस्थामा व्यस्त सडकमा सवारी चापका कारण मर्मत गर्न नसकिने १०० स्थानमा चुहावट मर्मत भएको लिमिटेडले जनाएको छ । यो समयमा सडकमा सवारी साधन कम भएकाले काम गर्न सहज बनेको छ ।