काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजित गरिएको छ । नेप्सेले ५.२५ प्रतिशत बोनस शेयर समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५७६ रुपैयाँ ७२ पैसा तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बुधबारको अन्तिम कारोबार मूल्य ६०७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।