काठमाडौं । क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस बीच नेपाल प्रिमियर लिग २०२४ को अफिसियल एम्पायर पार्टनरको रूपमा नेपालपे क्यूआर हुनेगरी साझेदारी भएको छ । उक्त साझेदारीको घोषणा क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले आज एक औपचारिक कार्यक्रममा गरेका छन्