काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई सरकारले राहत दिने भएको छ । बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको बसेको बोर्ड बैठकले सेवाप्रदायकलाई पाँच चरणमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ । राहत दिने निर्णयअनुसार चार क्षेत्रमा सेवा प्रदायकहरूलाई विभाजन गरेर सिफारिस गर्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले जानकारी दिए