आईएमई मोटर्स र एनएमबी बैंकविच सहुलियतमा कर्जा दिने सम्झौता « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

आईएमई मोटर्स र एनएमबी बैंकविच सहुलियतमा कर्जा दिने सम्झौता



काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट चिफ विजनेश अफिसर सुदेश उपाध्याय र आईएमईमोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुरुप आईएमईमोटर्स बाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियत पूर्णक र्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका म्यकत सम्पूर्ण मोडेलका सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिसत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्तभएको छ ।

यो सुविधाअशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्