दोस्रो पटक ग्लोबल आइएमई लघुवित्तको सीइओ बने जोशी « Arthapath.com
३ बैशाख २०८२, बुधबार

दोस्रो पटक ग्लोबल आइएमई लघुवित्तको सीइओ बने जोशी



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरिकृष्ण जोशी नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालका लागि सीइओ बनेका हुन् ।

बैशाख २ गते मंगलबार बसेको संचालक समितिको बैठकले जोशीलाई सीइओ नियुक्ति गर्ने निर्णय गरेको हो । जोशीको कार्यकाल आगामी बैशाख १५ गतेदेखि लागू हुनेछ । कार्यकाल अवधिमा भने ४ वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्