गोर्खाज फाइनान्समा २ सञ्चालक नियुक्त « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

गोर्खाज फाइनान्समा २ सञ्चालक नियुक्त



काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालक समितिमा २ सञ्चालक नियुक्त भएका छन् । वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक र सर्वसाधारण समुह तर्फबाट २ सञ्चालक नियुक्त भएका हुन् ।
विषय : सञ्चालकको नियुक्ति सम्बन्धमा ।

कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा संस्थापक सेयरधनी कर्मेन्द्र विक्रम नेम्बाङ (लिम्बु) र रिक्त रहेको सर्वसाधारण समुह तर्फको सञ्चालक पदमा सर्वसाधारण सेयरधनी विनोद कुमार चोङवाङलाई नियुक्त गरिएको हो ।

उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४(२) (ख) मा भएको व्यवस्था बमोजिम वैशाख १५ गतेदेखि लागु हुने गरी बाँकी अवधिको लागि सञ्चालक पदमा नियुक्त गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्