बजेटको आकार घट्यो, अव कति हुन्छ बजेट ?

काठमाडौं । चालु बजेटको आकार करिब साढे १ खर्बले घटाएको छ । बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएको हो । अर्थमन्त्री युवराज खतिवडाले बुधबार अर्धवार्षिक समीक्षा सार्वजनिक बजेटको आकार संशोधन गरी १३ खर्ब ८५ अर्ब ९६ करोड कायम गरिएको जानकारी दिए । संशोधित बजेट चालु आवमा विनियोजित कूल बजेटभन्दा १ खर्ब ४७ अर्ब कम हो ।
खतिवडाले गत जेठ १५ गते बजेट भाषणमार्फत चालु आर्थिक वर्ष २०७६÷०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।
अर्धवार्षिक अवधिमा पुँजीगत खर्च १५.४ प्रतिशत मात्रै भएको उनले बताए । राष्ट्रिय गौरवका आयोजनाहरूको खर्च समग्रमा २० प्रतिशतभन्दा तल रहेको उनले बताए ।