चिनले सीमामा लगाएको अघाेसित प्रतिबन्ध हटायाे, रसुवागढी नाकाबाट सामान आउन थाल्याे « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

चिनले सीमामा लगाएको अघाेसित प्रतिबन्ध हटायाे, रसुवागढी नाकाबाट सामान आउन थाल्याे



काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएको चीनसँगको नाका रसुवागढीबाट आयात शुरु भएको छ । 

बुधबारदेखि नै रसुवागढी नाकाबाट चिनको एउटा गाडीमा स्वास्थ्य सामग्री र बिहीबार पाँचवटा गाडीमा सामग्री ल्याएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । 

त्यस्तै दैनिक पाँचवटा चिनियाँ ट्रकले सामग्री ल्याउने भएका छन् । नेपालमा सामाग्री झार्न थालेपछि मात्रै चिनले सामाग्री आयातमा बढवा दिने भएको छ । 


लामो समयदेखि अड्कीएका सामग्री पुन आयात भएपछि वातावरण सहज भएको हो । अहिले ल्हासा, सिगात्से, पाङसिङ लगायतका क्षेत्रमा रहेका गोदाममा सामग्री राखिएको छ ।  

तीन साताअघि रसुवागढी नाकामा लोडअनलोड गर्ने नेपाली कामदारमा कोरोना संक्रमण भएपछि चिनियाँ पक्षले आयात रोकेको थियो । अहिले केरुङस्थित पाङसिङको गोदाममा करिब १२ सय कन्टेनरमा आयात गर्न पुग्ने सामग्री रहेको छ ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।  रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन ।


प्रतिक्रिया दिनुहोस्