श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल « Arthapath.com
३१ जेष्ठ २०८१, बिहीबार

श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल



काठमाडौं । नेपालको प्रमुख मध्येको एक मदिरा उद्योग श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन(आइपीओ) आइपीओ निष्कासन गर्ने भएको छ ।

आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । कम्पनीले ९ लाख ६० हजार कित्ता सेयरको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको हो ।

कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ । आइपीओ निष्काशनका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौतामा डिष्टिलरी लिमिटेडकातर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

डिष्टिलरीका संचालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ । प्रक्रिया पुरा गरी चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्