हकप्रद निष्कासन गर्दै सानिमा जीआईसी, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल « Arthapath.com
१७ असार २०८१, सोमबार

हकप्रद निष्कासन गर्दै सानिमा जीआईसी, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल



काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सिटिजन्स क्यापिटल लिमिटेड संग सम्झौता गरेको छ ।

कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले सानिमा जीआईसी इन्स्योरेन्सको ५० लाख कित्ता हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकको रुपमा कार्य गर्नेछ ।

उक्त सम्झौतामा सानिमा जीआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया दिनुहोस्