जीवन विकास लघुवित्तले लगानी गर्ने २० लाखसम्मको कर्जाको सुरक्षण हुने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लगानी गर्ने २० लाख रुपैयाँसम्मको कर्जाको सुरक्षण हुने भएको छ ।
लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश घिमिरे र जीवन विकासका सीइओ संजयकुमार मण्डलले हस्ताक्षर छन् ।
लघु व्यवसायका सदस्यहरूलाई बिनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति १० लाखसम्म रुपैयाँसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति २० लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।
विभिन्न कारणले कर्जा असूल हुन नसकेमा संस्थाले कोषसमक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिनेछ ।
सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेको र जसमध्ये ५० प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषमा प्राप्त हुनेछ ।
यस प्रकार बुझाउने सुरक्षण शुल्क बाँकी कर्जामा गणना गर्ने व्यवस्था कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छ ।