सर्वोत्तम सिमेन्ट नोक्सानीमा, इपीएस पनि ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सर्वोत्तम सिमेन्ट २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ३८ लाख रुपैयाँ नाफामा थियो ।
कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा १२ करोड ३ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी ८८ लाख ४१ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको कुल खर्च १४ करोड ८५ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ। ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ।