जोय स्टोर र हिमालयन ब्रोकरेज कम्पनी बीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट « Arthapath.com
७ मंसिर २०८१, शुक्रबार

जोय स्टोर र हिमालयन ब्रोकरेज कम्पनी बीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट



काठमाडौं । नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र हिमालयन ब्रोकरेज कम्पनीबीच सम्झौता भएको छ । नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।

उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र हिमालयन ब्रोकरेज कम्पनीका तर्फबाट उपमहाप्रबन्धक रामचन्द्र रिमालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपालको आईफोनको आधिकारीक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउनेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उत्पादन अनुसार हिमालयन ब्रोकरेज कर्मचारी तथा ग्राहकले अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका कर्मचारी तथा ग्राहकलाई सरल र सुलभ मूल्यमा एप्पलमा उत्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिए ।उनले ‘उक्त छुटका लागि कर्मचारीले हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडको परिचय पत्र र ग्राहकले हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडको टिएमएन एकाउन्ट वा डिपी एकाउन्ट देखाउनुपर्ने र सोही आधारमा जोय स्टोरले छुटमा एप्पलमा सामान उपलब्ध गराउने बताए ।’

जोय स्टोर नेपालमा एप्पलको उत्पादनहरु बिक्री गर्ने आधिकार बिक्रेता हो । जसले काठमाडौंको ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारीक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । जोय स्टोरका प्रबन्ध संचालक शर्मा ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्तालाई एप्पलमा जेनुयन उत्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारी बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जो स्टोरले एप्पलका उत्पादनहरु आईफोन, म्याकबुक, एप्पल वाच, एयरपड, हेडफोन र अन्य एसेसोरिज बिक्री गर्दै आएको छ ।

आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन एप्पलको आधिकारीक विक्रेता जोय स्टोरसँग सम्झौता गरिएको हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका उपमहाप्रबन्धक रामचन्द्र रिमालले जानकारी दिए ।उनले ‘हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरुलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नु हो,, ‘सोही अनुरुप हामीले कर्मचारी तथा ग्राहकलाई सामान खरिदका छुटको व्यवस्था सहित एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन आधिकारीक बिक्रेता जोय स्टोरसँग सम्झौता गरेका बताए ।’

जोय स्टोरले एप्ललको म्याक बुक, आईप्याड तथा एप्पल वाच खरिदमा दुई वर्षको वारेन्टी उपलब्ध गराएको छ । यसैगरी आईफोनमा दुई वर्षको वारेन्टी र एक वर्षको इन्स्योरेन्स सेवा समेत दिएको छ । साथै त्यसरी फोन तथा म्याकबुक खरिदका लागि ईएमआई सेवा समेत उपलब्ध गराएको जोय स्टोरले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्