अपर हेवाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको हो ।
यो वर्ष कम्पनीले सेयरधनीहरुको हात रित्तो बनाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा एजेन्डामा छलफल गरि पारित हुनेछ ।
यस्तो चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ । सभा प्रयोजनका लागि संस्थाले पुस १४ गते बुक क्लोज गर्ने भएको छ ।