लाभांश पारित गर्न टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
७ पुष २०८१, आईतवार

लाभांश पारित गर्न टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले साधारण सभा डाकेको छ ।

कम्पनीले आउँदो पुस २८ गते आइतबार राष्ट्रिय सभा गृह काठमाडौँमा १७औं वार्षिक साधारण सभा डाकेको छ ।

सभामा लाभांश पारित गर्ने मुख्य योजना छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव सभाले पारित गर्नेछ ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्