अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन « Arthapath.com
१५ पुष २०८१, सोमबार

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन



काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ।

जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा आइतबार कार्टरको १०० वर्षको उमेरमा निधन भएको हो ।

समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टी गरेका छन्। उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याहरूसँग पनि लडिरहेका थिए ।

उनी अमेरिकाका ३९ औं राष्ट्रपति हुन्। उनले सन् १९७७ देखि १९८१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।
इसराइल र इजिप्टबीच सन् १९७८ मा क्याम्प डेभिड सम्झौता गर्न मध्यस्तता गरी मध्यपूर्वमा शान्ति स्थापनाका लागि भूमिका खेलेकोमा उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि पनि उनले कार्टर सेन्टरको नामबाट नेपालसहित विभिन्न देशहरूमा सामाजिक कामहरू गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्