इमर्जिङ नेपालले सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने, बोलायो विशेष सभा

काठमाडौं । इमर्जिङ नेपालले विशेष साधारणसभा आह्वान गरेको छ । सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने प्रव्स्तावसहित कम्पनीले विशेष सभा आह्वान गरेको हो ।
सभा माघ ३० गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा नक्सालस्थित रहेको लिसरा रिसेप्सनमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।