सामसङ नेपालको नयाँ ग्यालेक्सी ए५६ ५जी स्मार्टफोनको पहिलो पटक प्रि-अर्डर घोषणा « Arthapath.com
८ चैत्र २०८१, शुक्रबार

सामसङ नेपालको नयाँ ग्यालेक्सी ए५६ ५जी स्मार्टफोनको पहिलो पटक प्रि-अर्डर घोषणा



काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ ५जी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ ५जीप्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ।

ग्यालेक्सी ए५६ ५जी ले पहिलो पटक वेसम इन्टेलिजेन्स सहितको एआई अनुभव ल्याएको छ। वन यू१७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको छ। साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भन्छन्, ‘ग्यालेक्सी ए श्रृंखलामा सामेल भएको नयाँ वेसम इन्टेलिजेन्सले हाम्रो ‘एआई फर अल’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।’

विशेष प्रि-अर्डर अफरहरू:

  • २ हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए५६ ५जी प्रि-अर्डर गर्न सकिनेछ।
  • प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ मूल्य पर्ने ग्यालेक्सी फिट३, केवल ३ हजार ९९९ मा प्राप्त गर्ने अवसर पाउनेछन्।
  • उपलब्ध भेरियन्टहरू:

१२ जीबी र्‍याम + २५ जीबी स्टोरेज- ७० हजार ९९९ रुपैयाँ।

८ जबी र्‍याम + २५ जीबी स्टोरेज- ६५ हजार ९९९ रुपैयाँ।

रंगहरू: वेसम ग्राफिट, वेसम लाइट ग्रे र वेसम ओलाइभ।
साथै, ‘सबकोफोन’ र ‘आर्कोस्टोर’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ए५६ ५जी मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ।


प्रतिक्रिया दिनुहोस्