रियलमी सि ७५ नेपालमा सार्वजनिक

काठमाडौं । विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ । अत्याधिक मजबुत बनावट, उच्च प्रदर्शन र आधुनिक विशेषताहरू सहितको रियलमी सि ७५ ले यस सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्नेछ । अत्याधिक टिकाउपन रियलमी सि ७५ लाई जस्तो सुकैपरिस्थितिहरू सामना गर्न निर्माण गरिएको छ ।
आईपी ६९ प्रमाणीकरण प्राप्त यो स्मार्टफोन धुलोर पानी प्रतिरोधी रहेको छ । आर्मरसियल ग्लासले यसलाई २ सय ६० प्रतिशत बढी ड्रप रेजिस्ट्यान्ट र ४ सय बढी स्क्राच रेजिस्ट्यान्ट बनाउँछ । साथै योस्मार्टफोन एक्कासी खस्दा, कम्पन हुँदा र चरम तापक्रमहरु पनि सहन सक्षम रहेको कम्पनीको दाबी छ । ६ हजार एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ रियलमी सि ७५ मा रहेको ६ हजार एमएएच ब्याट्रीले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक, र ६० दिनकोस्ट्यान्डबाई टाइम प्रदान गर्छ ।
साथमा यसको ४५ वाटको फास्ट चार्जिङ प्रविधिले मात्र ३० मिनेटमै यसलाई ५० प्रतिशत चार्ज गर्न सक्छ । शक्तिशाली प्रदर्शन रियलमी सि ७५ ले मेडियाटेक हेलियो जि ९२ म्याक्स प्रोसेसर प्रयोग गरिएको छ जसले सहजै गेमिङ गर्न, छिटो एप चलाउन र सहज रूपमा अन्य धेरै कार्य गर्न मद्दत गर्छ ।
यसमा ८ गिगाबाइट डाइनामिक मेमोरीको साथमा १६ जिबीसम्म मेमोरी विस्तार गर्न सकिने विशेषता रहेको छ । १२८ जीबी र २५६ जीबी स्टोरेज अपसन रहेको यस स्मार्टफोनल ेमाइक्रोएसडी कार्ड पनि समर्थन गर्दछ । स्मूथ र इमर्सिभ अनुभव ६.७२ इन्चको फुल एचडी डिस्प्ले सहितको रियलमी सि ७५ ले ९० हर्जको रिफ्रेस रेट प्रदान गर्छ जसले स्मूथ स्क्रोलिङ, जीवन्त कदरहरू र उत्कृष्ट भिजुअल अनुभव सुनिश्चित गर्छ । ६ सय ८० निट्सको उच्चतम ब्राइटनेसले प्रत्यक्ष घाममा पनि उत्कृष्ट डिस्प्लेप्रदान गर्छ ।
एआई फोटोग्राफी ५० मेगापिक्सेलको एआई क्यामाराले उच्च–रेजोल्युसन, स्पष्ट र भाइब्रान्ट फोटोहरू प्रदान गर्दछ । एआई नाइट मोडले कम लाइटिङमा समेत उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ । ८ मेगापिक्सेलको एआई ब्युटी प्रन्ट क्यामाराले प्राकृतिक र उत्कृष्ट सेल्फीहरू खिच्न मद्दत गर्छ । एआई स्मार्ट अनुभव रियलमी सि ७५ का अन्य एआई फिचरले यस स्मार्टफोन प्रयोग गर्न बग्लै अनुभव प्रदान गर्दछ ।
एआईस्मार्ट लूपले ब्याकग्राउन्डमा चल्ने प्रक्रियाहरूलाई व्यवस्थापन गरेर ब्याट्री जीवनमा सुधार ल्याउँछ । एआई क्लियर फेसले भिडियो कलमा अनुहार अझ स्पष्ट देखाउँछ । एआई स्मार्ट मोसन जेस्चरको साथमा सामान्य हातको संकेतहरूबाट फोन नियन्त्रण गर्न सकिन्छ । उपलब्धता तथा मूल्य रियलमी सि ७५ नेपालभरका सबै आधिकारिक रियलमी रिटेल स्टोरहरूमा उपलब्ध रहेको छ । रिएलमी सि ७५ काे ८+१२८ जिबी भेरियन्टलाइ रू.२६ हजार ९ सय ९९ मा र ८+२५६ जिबी भेरियन्टलाइ रु.२९ हजार ९ सय ९९ रूपैयामा खरिद हुने छ ।