लगानी बोर्डका सीइओ भट्टले काम गर्न पाउने

काठमाडौं । लगानी बोर्डका सीईओ सुशील भट्टले हाजिर भई काम गर्न पाउने भएका छन । भट्टलाई काम गर्न यसअघि अदालतले लगाएको रोक आज फुकाइदिएको छ । आइतबार उच्च अदालत पाटनले तत्काल काममा नलगाउनु भन्ने आदेश खारेज गर्दै भोलिदेखी काम गर्ने बाटो खोलिदिएको हो ।
अधिवक्ता जयबहादुर भुजेलले उनको नियुक्ती गैरकानुनि रहेको भन्दै मुद्धा दायर गरेका थिए । उच्च अदालतले तत्काल काम गर्न रोक लगाएको थियो । आइतबार पाटन अदालतमा न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौड्यालको संयुक्त इजलाशले तत्काल हाजिर हुन र काम गर्न बाटो खोलिदिएको थियो ।
सरकारले गत साउन १९ गते लगानी बोर्डको सीईओमा प्रतिस्प्रर्धाबाट भट्टलाई सीईओमा ४ वर्षका लागी नियुक्त गरेको थियो ।