धरहरा पुनर्निर्माण क्षेत्रमा एक भवन अचानक ढल्दा एक जना घाइते, शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं । पुनर्निमार्ण भईरहेको धरहरा नजिकै रहेको काठमाडौं मलको भवन भत्काइँदै गर्दा एक भाग अचानक खस्दा एक जना एक्साभेटर चालक घाइते भएका छन् । घाईतेको अवस्था सामान्य रहेको प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठले जानकारी दिए । घाइते हुनेमा एक्जाभेटर चालक हुन् ।घाईते हुनेमा विरगञ्ज घर भएका विष्णु शाह रहेको उनले बताए ।
केहि दिन अघि देखी काठमाडौं मलको पुरानो घर भत्काउने काम भईरहेको थियो । करिव ४० प्रतिशत घर भत्काउन बाँकि रहेको र एक्जाभेक्टरको ब्रेकरले भत्काउँदा उनी घाईते भएको उनले बताए । घाइते भएका शाहलाई शिक्षण अस्पतालमा उपचारको लागि पठाईएको प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताए ।
एक्जाभेक्टर ड्यामेज भएको समेत उनले बताए ।