भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख दियो « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख दियो



काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

महानगरपालीकाले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका महानगरले जनाएको छ ।

रंगशाला निर्माणको लागी महानगरपालीकाले ४ करोड दिने जनाएको छ ।यो रकम विनियोजित चार करोडमध्ये पहिलो चरणको ५० लाख रुपैयाँ हो महानगरपालिका प्रमुख रेनु दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस्