भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, नेपालमा के होला ?

काठमाडौं । फेरी भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको हो ।
आईओसीले बिहीबार पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ११ रुपैयाँ र पेट्रोल प्रतिलिटर २ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । नेपाल आयल निगमले अहिलेसम्म पेट्रोलियम मूल्य घटाउने बारे कुनै सूचना प्रकाशित गरेको छैन ।
आईओसीलाई १५ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।