तामाकोशी–५ जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले साढे १३ अर्ब ऋण लगानी गर्दै, त्रिपक्षीय सम्झौता हुँदै

काठमाडौं । तामाकोशी–५ जलविद्युत आयोजना निर्माणका लागि कर्मचारी संचय कोष ऋण लगानी गर्ने भएको छ ।
कोषले दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचै जलविद्यूत आयोजनामा १३ अर्ब ४७ करोड रुपैयाँ ऋण दिने भएको हो ।
यसका लागि नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी बीच आज त्रिपक्षीय सम्झौता हुँदैछ । सो आयोजना निर्माणका लागि यसअघि नै कर्मचारी संचय कोषसंग लगानीको प्रारम्भिक समझदारी भएको थियो ।
सो आयोजनामा कोषले ७० प्रतिशत ऋण लगानी गर्ने छ र बाँकी ३० प्रतिशत भने जनताको सर्बसाधारणलाईसमेत सेयर निष्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।
तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । आयोजनाको निर्माण आगामी चार वर्ष अर्थात २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । आयोजनाको निर्माणका लागि २१ अर्ब (ब्याजसहित ) लाग्ने अनुमान गरिएको छ ।