सोमबार नागढुंगा-नौविसे सुरुङको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’ « Arthapath.com
२१ श्रावण २०८०, आईतवार

सोमबार नागढुंगा-नौविसे सुरुङको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’



काठमाडौं । नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको छ ।

आइतवार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकि रहेको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले जानकारी दिए ।

२.५ किलोमिटर रहेको नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकि रहेको छ । २.६ किलोमिटर लम्वाइरहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकि छ ।


प्रतिक्रिया दिनुहोस्