जोरघट्ट तारुका खानेपानीको उद्घाटन, ६५० घरधुरी लाभान्वित

काठमाडौं । तारकेश्वरको गौरवको रूपमा निर्माण भइरहेको जोरघट्ट खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएको छ ।
सो अयोजजना निर्माणको पहिलो चरणको काम सकिएसँगै गाउँपालिका अध्यक्ष शिव अधिकारीले खानेपानी उद्घाटन गरेका छन् । अध्यक्ष अधिकारीले आज तीनवटै रिजर्भ ट्यांकी (नयाँ र पुराना समेत) मा पानी खसालेर खानेपानीको उद्घाटन गरेका हुन् । योसँगै दशकौंदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य भएको छ ।
उद्घाटनपछि अध्यक्ष अधिकारीले लक्ष्यअनुरूप काम भएकोमा खुसी व्यक्त गर्दै पहिलो चरणको काम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे । उनका अनुसार, दोस्रो चरणको (घरघरमा पक्की धारा बनाउने) काम छिटै सुरु हुनेछ । तारुकावासीले जोरघट्टको पानी भने आजैदेखि पिउने छन् ।
जोरघट्ट खानेपानी आयोजनाबाट तारकेश्वर २ र ३ का ६५० घरधुरी लाभान्वित हुँदै छन् । आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले २५ लाख र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेक बताए ।