निर्माण उद्योग चलायमान भए समृद्धि टाढा छैन, कमिसन नदिई कम्पनीलाई काम गर्न समस्याः अध्यक्ष सिंह « Arthapath.com
९ आश्विन २०८०, मंगलवार

निर्माण उद्योग चलायमान भए समृद्धि टाढा छैन, कमिसन नदिई कम्पनीलाई काम गर्न समस्याः अध्यक्ष सिंह



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंह निर्माण उद्योग चलायमान नभई देश समृद्धि हुन नसक्ने बताए । नेपाल उद्योग तथा व्यावसायी महासंघले आयोजना गरेको निजि क्षेत्र सङ एमाले विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिंहले यस्तो बताएका हुन ।

कार्यक्रममा कोभिड्ले निर्माण क्षेत्र प्रभावित भएको र त्यसपछि चलायमान हुन नसकेको बताए । उनले भने, ‘कोभिड ले प्रभावित भएको निर्माण क्षेत्र अझै चलायमन हुन सकेको छैन । तर, देशको आर्थिक समृद्धिको लागि निर्माण क्षेत्र चलायमन हुन पर्छ ।’

सोही अवसारमा सरकारले निर्माण व्यवसायीहरु सङ गरेको नौ बुदे सहमति २ महीना बितिसक्दा पनि कार्यान्वयन गर्न नसकेको उनले बताए । ‘निर्माण व्यवसायी हरु ५० अर्ब भुक्तानी अझै दिएको छैन । हामीले गरेको आन्दोलनपछि सरकारसंग नौ बुदे सहमति भएको । तर दुई महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन’ अध्यक्ष सिंहले भने ।

कमिसन नबुझाउने कम्पनीलाई काम गर्न समस्या भएको अध्यक्ष सिङले बताए । यसका साथै बिना बजेटको योजना पुरा नभएको भन्दै निर्माण व्यवसायीहरुलाई कालो सुचीमा राख्ने गरिएको उनको भनाइ छ । उनले भने, ‘बिना बजेटको योजना कसरी पुरा गर्न सक्छौ ? अनि समयमा योजना सकिएन भनेर कालो सुचीमा राखिन्छ । कमिसन नबुझाउने कम्पनीलाई काम गर्न समस्या छ ।’


प्रतिक्रिया दिनुहोस्