‘के हामी आत्मनिर्भर छौं’ भन्दै सुरु भयो फर्निचर एक्स्पो, यस्ता छन् आकर्षण (फोटोफिचर)

काठमाडौं । फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमका विच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उद्घाटन गरेका हुन् ।
नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा “के हामी आत्मनिर्भर छौं भन्ने थिममा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ । एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ ।
त्यसै गरी प्रेस्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड बाईमा फर्निचर हब प्राति रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिटरलाइट आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र पती पोलिकम रहेका छन् इभेण्ट सोलुसन प्रातिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पाटनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।
१०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी दिनुका साथै बिक्री बितरण गर्नेछन् । एक्स्पो स्थलमा नै सामान खरिद विक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ
एक्स्पोने राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनको विश्वास छ । फर्निचर र फर्निसिङ सामग्रीका उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ताां, वितरक, डिलर, इन्टेरियर डिजाइनर स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा सहित एक्स्पो आयोजना गरिएको हो
एक्स्पोमा सहभागि हुने व्यवसायीहरूले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् ।

५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहेको छ ।
तस्बिरः दिपक विष्ट/अर्थपथ डटकम


























