मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । मनकामना केबुलकार झन्डै दुई महिना बन्द हुने भएको छ । डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएकाले ५० दिन बन्द हुने भएको हो ।
कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएकाले असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द हुने भएको छ ।
यस्तै, मुख्य तारको लठ्ठा पनि फेर्न लागिएको कम्पनीले जनाएको छ।