ठेउले खोला जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु

काठमाडौं । ठेउले खोला जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ ।
बाराही हाइड्रापावरबाट विकास र निर्माण गरेको उक्त आयोजनाबाट आज बिहान २ बजेदेखि आंशिक रुपमा विद्युत उत्पादन सुरु भएको हो ।
उक्त आयोजना बाग्लुङ्गको जैमिनी नगरपालिकाको कुश्मीसेरामा छ । ठेउले खोलामा निर्माण गरिएको १.५ मेगावाटको सो आयोजनामा गत असार २२ गते गएको पहिरोले क्षति पुर्याएको थियो ।
सो आयोजनाको इनटेक र ग्राभल ट्रापको बीचको संरचनामा क्षति पुगेको थियो। त्यसपछि आयोजनाबाट विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको थियो। मर्मत कार्यपश्चात आज बिहान बजेदेखि आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको कम्पनीले जानकारी दिएको छ ।