सरकारले दियो निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड भुक्तानी, बाँकी रकम पनि छिट्टै भुक्तानी हुने « Arthapath.com
२२ कार्तिक २०८१, बिहीबार

सरकारले दियो निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड भुक्तानी, बाँकी रकम पनि छिट्टै भुक्तानी हुने



काठमाडौं । सरकारले निर्माण व्यवसायीलाई ५ अर्ब भुक्तानी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

मन्त्रालयका अनुसार निर्मण व्यवसायीलाई सहमति अनुसारको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ । गत वर्ष निर्माण व्यवसायीलाई भुक्तानी गर्न योग्य भइसेकका तर भुक्तानी हुन नसकेका मन्त्रालय अन्तर्गत ८ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । तर, सो रकम मध्ये ५ अर्ब ५ करोड रुपैयाँ भुक्तानी दिइएको मन्त्रालयले जनाएको छ ।

निर्माण व्यवसायीको अझै ३ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । थप बाँकी रकम पनि छिट्टै भुक्तानी हुने मन्त्रालयले जनाएको छ ।

गत साउन १ गते अर्थमन्त्रालयले निर्माण व्यवसायीलाई भौतिक मन्त्रालयको बजेटबाट रकमान्तरण गर्ने वा अघिल्लो त्रैमासको पनि अगाडि तानेर भुक्तानी गर्ने सहमति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्