गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास « Arthapath.com
२५ कार्तिक २०८१, आईतवार

गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास



वीरगन्ज । गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास भएको । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सो सडक खण्डको शिलन्यास गरेका हुन् ।

संघीय सरकारको लगानीमा निर्माण हुने यो सडक १२३६ मिटर लम्बाईको छ । मन्त्री गुप्ताले पोखरीया आउन तिवाले पुल हुँदै बिन्दबासिनी टेक्नु नपर्ने बताए । रणनीतिक रुपमा पनि यो सडक स्थानिय बासीका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

मन्त्री गुप्ताले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिए । उनले भने,‘धेरै भारि बोके बिचैमा छोड्नु पर्ने हुन्छ । त्यसैले विकासका आयोजना थोरै आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ ।’

विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको उनको भनाइ छ ।

मन्त्री गुप्ताले नागरिक आफ्नो कुलदेवताको मूर्तिदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस भन्ने आकांक्षामा छन् । सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहने उनले आग्रह गरे ।

९३ लाखमा निर्माण सम्पन्न हुने यो सडक मनिष कन्ट्रक्सनले सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गर्नु पर्नेछ । पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमण चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रवि ठाकुर लगायत वडा अध्यक्षहरुले मन्तब्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्