डेढ वर्षपछि बीमा विधेयकमा छलफल

काठमाडौं । संसदमा पेस भएको डेढ वर्षपछि बीमा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक अघि बढेको छ । अर्थ समितिमै थन्किएको विधेयक माथि सोमबार छलफल हुने भएको हो ।
समितिले सोमबार विज्ञसहितको टोलीलाई प्रस्तावित बीमा विधेयकमाथिको छलफलमा बोलाएको छ ।
संसद् सचिवालयमा बीमा विधेयक ०७५ असार ३ गते दर्ता भएको थियो । दर्तापछि सांसदहरूलाई वितरण गरेर प्रतिनिधिसभाबाट विधेयक अर्थ समितिमा पठाइयो । अर्थ समितिले ३र४ पटक छलफल गरेर विधेयक थन्काएको थियो ।