बीमा समितिको निर्देशनः बीमा कम्पनीमा ५० प्रतिशत कर्मचारीबाट काम गराउनु

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारी राखेर काम गर्न निर्देशन दिएको छ । काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि राजधानीमा पुनः जाेर विजाेर लागु गरिएकाे छ ।
बुधबार निर्देशन जारी गर्दै एकै पटक कार्यालय आवत जावत र कार्य सम्पादन गर्दा कोरोनाको संक्रमण बढ्ने देखिएकोले ५० प्रतिशत कर्मचारी राखेर काम गर्न निर्देशन दिएको हो ।
बीमा समितिले बीमाकाे काममा प्रवाभित हुन नदिन अाधा कर्मचारीबाटै सेवा प्रवाह गर्न र उच्च सुरक्षा अपनाउन अाग्रह गरेकाे छ ।