युनियन लाईफले गरायो सबै कर्मचारीको पीसीआर परिक्षण

काठामाडौं । कोरोना भाईरसले महामारीको रुप लिईरहेका छ । सर्वसाधारण मात्रै नभई उच्च पदस्थ कर्मचारीहरुमा पनि कोरोना भाईरस देखा पर्न थालेको छ । कोरोना भाईरसबाट बच्नको लागि बुधबार मात्रै राष्ट्रिय बीमा समितीले बीमा कम्पनिहरुमा ५० प्रतिशत कर्मचारी राखेर काम गर्न निर्देशन दिएको छ ।
यसै अनुरुप युनियन लाईफ ईन्स्योरेन्सले काठमाडौं उपत्यकाका विभिन्न कार्यालयमा कार्यरत ४७ जनाको पीसीआर परिक्षण गराएको छ । मंगलबार पीसीआर चेक गराएकोमा बुधवार रिपोर्ट आएको हो । चेक गराउँदा ४७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा सरकार र बीमा समितिको निर्देशन अनुसार ५० प्रतिशत कर्मचारी राखेर काम भईरहेको छ ।