नेसनल लाइफले साढे १७ प्रतिशत लाभांश दिने

काठमाडौं ।नेसनल लाईफ ईन्स्योरेन्स कम्पनिले आर्थिक बर्ष २०७५÷०७६ को लाभांश दिने घोषणा गरेको छ । नेसनल लाइफको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो ।
कम्पनिले १७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत नगद लाभांश र २.५० प्रतिशतबोनस सेयर दिन लागेको हो ।
हाल नेसनल लाइफको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको छ । २.५ प्रतिशत बोनस वितरणपछि पुँजी ३ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुग्नेछ ।